
काठमाडौं, २४ माघ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बिमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले बिमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो ।
कम्पनीले ल्याएको जीवन आवरण बिमा योजनामा बिमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका छन् । बिमा गर्ने व्यक्ति बिमा अवधिसम्म जिवित रहेमा बिमांक रकम र बोनस उपलब्ध हुनेछ भने बिमा अवधिभित्र कालगतीले निधन भएमा थप बिमांक रकम अर्थात् दुई गुणा बिमांक रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको छ । यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बिमांक रकमको दुई गुणा बिमांक रकम, अतिरिक्त दुर्घटना लाभ वापत एक करोडसम्म र बोनस रकम उपलब्ध हुनेछ ।
उक्त योजना लिन चाहनेहरुले न्युनतम १ लाख रुपैयाँदेखि आयस्रोतको आधारमा चाहेअनुसार बिमांक रकमको बिमा गर्न सक्ने व्यवस्था रहेको छ । साथै न्युनतम ७ वर्षदेखि अधिकतम २५ वर्ष सम्मको अवधि कायम गरी बिमा गर्न सक्ने कम्पनीले जनाएको छ । यस बिमा योजनाअन्तर्गत स्थायी अंगभंग सुविधासमेत उपलब्ध हुनेछ ।
उक्त बिमा योजना लिएका बिमितहरुले बिमालेखअन्तर्गत ऋण तथा सम्पूर्ण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ । कम्पनीले प्रचलनमा ल्याएको उक्त बिमा योजनामा भएका प्राब्धानहरुबाट बिमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बताए ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




