सानिमा जनरल इन्स्योरेन्सको डीजीएममा रिजाल नियुक्त

-



     सफल आवाज    
     माघ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ माघ । सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जेनरल म्यानेजर (डीजीएम) मा रेना रिजाल नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिको निर्णयले रिजाललाई डीजीएम पदमा नियुक्त गरेको हो ।

एभरेष्ट इन्स्योरेन्सबाट करिअर सुरु गरेकी रिजालसँग ११ वर्ष काम गरेको अनुभव छ । उनी कुमारी बैंकमा पनि ११ वर्ष काम गरेर म्यानेजरसम्म पुगेकी थिइन् ।

बैंक तथा वित्तीय संस्थामा दुई दशक लामो अनुभव बटुलिसकेकी रिजाल पुनः इन्स्योरेन्स क्षेत्रमै फर्किएकी हुन् ।