किसान लघुवित्तको नाफामा २१.६३ प्रतिशतले बृद्धि, जगेडाको उचाई २४३.५२ प्रतिशत

-



     सफल आवाज    
     माघ २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ माघ । किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थि वर्षमा ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

कम्पनीको सार्वजनिक भएको यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले गएको वर्षको सोहि अवधिकोभन्दा २१.६३ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो वर्ष कम्पनीको नाफा ३ करोड ७२ लाख रहेको थियो ।

संस्थाको मुनाफा ८३.२२ प्रतिशत बढेको छ । जो ६ करोड ५४ लाख रुपैयाँ हो । अघिल्लो वर्ष यो नाफा ३ करोड ५७ लाख रुपैया रहेको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी १७ करोड ५१ लाख रहेको छ । यो आम्दानी गएको वर्षको सोहि अवधिमा १७ करोड १० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पूँजी ३९ करोड २८ लाख रहेको छ । यस आर्थिक वर्षको पहिलो ६ महिनामा ५ अर्ब ११ करोड सापटी लिएको देखिन्छ भने ६ अर्ब ७३ करोड कर्जा परिचालन भएको छ ।

संस्थाको जगेडामा २४३.५२ प्रतिशत बढेको छ । यो आकार बढेर ३७ करोड १३ लाख पुगेको छ । गएको वर्ष यस्तो आकार १० करोड ८० रुपैयाँमा सिमित रहेको थियो ।

प्रतिसेयर आम्दानी २३ रुपैयाँ ०४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ४४ पैसा रहेको छ ।