कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन समय थपियाे

-



     सफल आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ माघ । कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयरका लागि आवेदन दिने समय थप गरिएको छ । बैंकको माघ ७ गतेबाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्काशन गरिएको थियो ।

बैंकले १ कित्ता बराबर नयाँ १.५ कित्ता सेयरको रेसियोमा हकप्रद सेयर जारी गरेको थियो । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले फागुन १३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

यसअघि बैंकले हकप्रद सेयर निष्काशनका लागि पुस २६ मा बुक क्लोज गरेको थियो । पुस २५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै हकप्रद सेयर खरिदका लागि योग्य हुनेछन् ।

लगानीकर्ताले सिभिल क्यापिटल मार्केट, कर्पोरेट डेभलपमेन्ट बैंक र शाखा कार्यालयहरु तथा सेबोनबाट अनुमित पाएका बैंक वित्तीय संस्था तथा मेरोसेयर एप्समार्फत आवेदन दिन सक्नेछन् ।

बैंकको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपछि चुक्ता पूँजी ५० करोड पुग्नेछ । सेयरको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।