
काठमाडाैं, १ फागुन । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ।
तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखालेले जनाएकाे छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ०१ गते
दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
फागुन ०२ गते
दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागका आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
फागुन ०३ गते
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बाकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बाकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको तराई भू-भागका केही स्थानमा हुसु/कुहिरो लागेको र अपरान्हपछि बिस्तारै हटेर जाने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



