नेपाल-भारतमैत्री धर्मशाला सञ्चालनमा अवरोध नपुर्‍याउन उच्च अदालतको अन्तरिम आदेश

-



     सफल आवाज    
     फागुन १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ फागुन। उच्च अदालत पाटनले नेपाल-भारतमैत्री धर्मशाला सञ्चालनमा कुनै अवरोध नपुर्‍याउन पशुपति क्षेत्र विकास कोष लगायतका सरकारी निकायलाई अल्पकालिन अन्तरिम आदेश दिएको छ । निर्देशनमा कोषले धर्मशाला सञ्चालनमा अवरोध पुर्‍याउन खोजेको र यसले करार सम्झौता प्रतिकूल हुने भन्दै होटल आनन्द प्रालिले पाटन उच्च अदालतमा रिट दायर गरेको थियो ।

आइतबार रिटमाथि सुनुवाई गर्दै न्यायाधीश नरिश्वर भण्डारीको इजलासले विपक्षी पशुपति क्षेत्र विकास कोषलगायतका निकायमाथि कारण देखाऊ आदेश र अन्तरिम आदेश जारी गरेको हो ।

‘रिट निवेदनको प्रकृति र विषयवस्तु समेतलाई मध्यनजर गर्दा अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा दुवै पक्षलाई छलफलमा राखी अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निकासा दिन उचित देखिएकाले फागुन ९ मा अन्तरिम आदेश छलफलका लागि उपस्थित हुन आउनू भनी विपक्षीहरुलाई सूचना दिइ सोही बमोजिम निवेदकलाई तारिक तोकी नियमानुसार पेश गर्नू,’ आदेशमा भनिएको छ ।