
पोखरा,१ फागुन । डेभलपमेण्ट वैंकर्स एसोसियनको गण्डकी प्रदेश च्याप्टर आईतवार गठन भएको छ । डेभलपमेण्ट वैंकर्स एसोसियसनका कार्यसमिति सदस्य तथा ग्रीन डेभलपमेण्ट वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यको प्रमुख आतित्यथामा सम्पन्न उक्त भेलाले डेभलपमेण्ट वैंकर्स एसोसियन गण्डकी प्रदेश च्याप्टरको संयोजकमा गरिमा विकास वैंकका पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारीलाई संयोजक र ग्रीन डेभलपमेण्ट वैंकका सुशिल पौडेललाई सहसंयोजकमा सर्वसम्मत चयन गरेको छ ।
गण्डकी प्रदेश च्याप्टरको सदस्यमा ज्योति विकास वैंकका विशाल लामिछाने, कामना सेवा विकास वैंकका शिव कुमार ढकाल, लुम्विनी विकास वैंकका वल वहादुर ढकाल, महालक्ष्मी विकास वैंकका गणेश प्रसाद आचार्य, मुक्तिनाथ विकास वैंकका शंकर के.सी, साग्रीला डेभलपमेण्ट वैंकका रेवन्त श्रेष्ठ र साईन रेशुङ्गा डेभलपमेण्ट वैंकका नमराज वराल रहेका छन ।
भेलामा वोल्दै प्रमुख अतिथी आचार्यले विकास वैंकहरुको साझा व्यवसायीक समस्या, आफ्ना प्रदेशभित्र भएका र गर्नुपर्ने विभिन्न गतिविधीहरुलाई संस्थागत रुपमा डेभलपमेण्ट वैकर्स एसोसियसनमा पठाउने, सम्वन्धीत कार्यालयहरुमा समन्वय गर्नको लागि केन्द्रीय स्तरमा विभिन्न विभागहरुका विभागीय उपसमिति गठन गरिएको र सोही अनुरुप विभिन्न प्रदेशहरुमा प्रदेश च्याप्टरको गठन गर्ने कार्यको थालनी गरिएको वताए ।
नवनिर्वाचित संयोजक भोला प्रसाद तिवारीले गण्डकी प्रदेश भित्र रहेका सम्पुर्ण विकास वैंकका समस्या तथा चुनौतीलाई संस्थागत रुपमा सम्वोधन गर्न नेपाल राष्ट्र वैंक, डेभलपमेण्ट वैंकर्स एसोसियन तथा अन्य निकायहरुमा समन्वय गरिने वताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



