जानकी फाइनान्सले बोलायो फागुन ७ गते साधारण सभा

-



     सफल आवाज    
     फागुन २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ फागुन । जानकी फाइनान्स कम्पनी लिमिटेडले फागुन ७ गतेका लागि साधारण सभा बोलाएको छ ।

सभा होटल मानकी इन्टरनेशनल प्रा।लि शिवचौक जनकपुरधाममा बिहान १० बजे गर्ने जानकारी गराएको हो । सभाले १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि सेयरधनीदर्ता पुस्तिका माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ ।

यस आधारमा माघ २३ गतेसम्मका कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।