झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ६८ करोडको कारोबार

-



     सफल आवाज    
     फागुन २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ फागुन । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ०.०८ अंक बढेर २ हजार ७००.९८ विन्दुमा पुगेको छ । नेप्से सूचक बढे पनि सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले घटेको छ ।

आज २२७ कम्पनीको ४९ हजार ८८२ पटकको कारोबारमा ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको ७५ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएको बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य आज सर्वाधिक ८.१३ प्रतिशत बढेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स र नेशनल हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ३.८५ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीले बोनस वितरणपश्चात हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लगेसँगै लगानीकर्ताहरु त्यसतर्फ आकर्षित भएका हुन् ।