
काठमाडौं, २ फागुन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले स्वीकृति पाउने वित्तिकै आइपीओ जारी गर्ने बताए । उनका अनुसार संस्थाले सर्वसाधारणका लागि जारी गर्नुपर्ने ३ लाख कित्ता आइपीओ जारी गर्नेछ ।
आइपीओ जारी गर्न यस अघि नै संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । धौलागिरी लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५ फागुन १ गतेदेखि वित्तीय कारोबार गर्दै आइरहेको संस्था हो ।
यस अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानीतर्फ १ अर्ब ४४ करोड, निक्षेप संकलनतर्फ ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रहेको छ । अहिले चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निष्काशन भएपश्चात् १० करोड चुक्ता पुँजी कायम हुनेछ । हाल जगेडा तथा कोषहरू तर्फ कुल १० करोड ३८ लाख रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



