
वाशिंगटन ३ फागुन । संयुक्त राज्य अमेरिकाले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूको लागि पोल्याण्डमा स्वागत केन्द्र खोलेको युक्रेनस्थित अमेरिकी दूतावासले जनाएको छ।
“अमेरिकी नागरिकहरूले अब युक्रेनसँगको भूमि सीमा पार गर्दै पोल्याण्डमा प्रवेश गर्न सक्छन् त्यसका निम्ति थप कुनै स्वीकृति आवश्यक पर्नेछैन । हामी युक्रेनबाट स्थलमार्गबाट पोल्याण्डमा यात्रा गर्नेहरूलाई कोर्चोवा-क्राकोभेट्स वा मेडिका-शेहिनी सीमा नाकाहरू पार गर्न प्रोत्साहित गर्छौं,” दूतावासले भनेको छ, “अमेरिकी दूतावासले प्रवेश गर्ने अमेरिकी नागरिकहरूलाई सहायता प्रदान गर्न यी सीमा नाकाहरू नजिकै स्वागत केन्द्र खोलेको हो।
मिसनले अमेरिकीहरूलाई जतिसक्दो चाँडो युक्रेन छोड्न पनि आग्रह गरेको छ। युक्रेनमा रहेका अमेरिकी नागरिकहरूले व्यावसायिक वा अन्य निजी रूपमा उपलब्ध यातायात विकल्प प्रयोग गरेर तुरुन्तै युक्रेन छोड्नुपर्ने बताइएको छ ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




