
काठमाडौं, ३ फागुन । अघिल्लो वर्षकाे तुलनामा गत माघ मसान्तसम्म देशभर घर जग्गाको कारोबारबाट उठ्ने राजस्व १ अर्ब २३ करोड ९ लाख ३० हजार ४४३ रुपैयाँले घटेको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार २०७७ को माघमा घर जग्गाको कारोबारबाट ६ अर्ब ७३ करोड २७ लाख ८० हजार ८७७ रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो । विभागका अनुसार गत माघ मसान्तसम्म ५ अर्ब ५० करोड १८ लाख ५० हजार ४३४ रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
बैंक तथा वित्तीय संस्थामा तरलताको अभावका कारण घर जग्गाको कारोबारमा मन्दी आएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिनले पनि घर जग्गामा भएको लगानीलाई अनुत्पादक क्षेत्रको रुपमा टिप्पणी गरेको छ ।
यता नेपाल राष्ट्र बैंकले पनि केही समय पहिले घर जग्गाको कारोबारका बारेमा छ्ट्टै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । विभागका अनुसार देशभर रहेका कूल १२६ मालपोतमध्ये काठमाडौं उपत्यकामा रहेका ९ वटा मालपोत कार्यालयमा हुने घर जग्गाको कारोबारसम्बन्धी विवरण धेरै रहेको छ ।
गत माघमा देशभर भएका घर जग्गाको कारोबारबाट मात्रै १ अर्ब २६ करोड ५८ लाख ४४ हजार १३४ रुपैयाँ बराबरको लाभकर उठेको छ । विभागका अनुसार २०७७ माघमा त्यस्तो कर १ अर्ब ७० करोड ८४ लाख ४० हजार २७४ रुपैयाँ उठेको थियो । लाभकरसमेत घटेकाले कारोबारमा कमी आएको देखिन्छ ।
मालपोत कार्यालयले गत माघमा २० करोड १७ लाख ६६ हजार ४८ रुपैयाँ बराबरको सेवा कर उठाएको छ । त्यस्तो कर २०७७ माघमा ३९ करोड ४३ लाख ९२ हजार ४०६ रुपैयाँ बराबर उठाएको थियो । रजिष्ट्रेशन दस्तुरबाट गत माघमा ३ अर्ब ३१ करोड ८९ लाख ५० हजार ८१७ रुपैयाँ बराबरको राजस्व उठाएको विभागले २०७७ माघमा ३ अर्ब ७६ करोड ८८ लाख ३१ हजार ९७० रुपैयाँ बराबरको रारजस्व उठाएको थियो ।
काठमाडौं उपत्यकाका ९ मालपोत कार्यालयको विवरणमा पनि डिल्लीबजार मालपोत कार्यालयको मात्रै राजस्व संकलनमा वृद्धि भएको छ । डिल्लीबजार मालपोत कार्यालयले २०७७ माघमा ३८ करोड ८४ लाख ७७ हजार ५८७ रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो । गत माघमा सो कार्यालयले ४३ करोड ८६ लाख ७६ हजार ५३९ रुपैयाँ बराबरको राजस्व संकलन गरेको विवरणमा उल्लेख छ ।
चावहिल मालपोत कार्यालयले २०७७ माघमा ३३ करोड ७९ लाख ३४ हजार ५३९ रुपैयाँ बराबरको राजस्व संकलन गरेकामा २०७८ को माघमा २९ करोड १८ लाख ९ हजार ५७६ रुपैयाँ मात्रै संकलन भएको छ ।
कलंकी मालपोत कार्यालयले २०७७ माघमा ४३ करोड ७६ लाख ६६ हजार ४८६ रुपैयाँ राजस्व संकलन गरेकामा गत माघमा ३९ करोड १३ लाख ८७ हजार ९९३ रुपैयाँ संकलन गरेको छ । साँखु मालपोत कार्यालयले २०७७ माघमा १३ करोड ३८ लाख ४० हजार ५८८ रुपैयाँ बराबरको राजस्व संकलन गरेकामा गत माघमा १४ करोड ३४ लाख ४२ हजार ४४४ रुपैयाँ संकलन गरेको छ ।
मनमैजु मालपोत कार्यालयले २०७७ माघमा १४ करोड ३२ लाख ७ हजार ९०१ रुपैयाँ बराबरको राजस्व संकलन गरेकामा यस वर्षको माघमा ११ करोड ४२ लाख ८३ हजार ३०४ रुपैयाँ बराबरको आम्दानी गरेको छ । टोखा मालपोत कार्यालयले २०७७ माघमा १२ करोड ३३ लाख ७३ हजार २३६ रुपैयाँ राजस्व संकलन गरेकामा यस वर्षको माघमा ९ करोड ४१ लाख २४ हजार ३५९ रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।
ललितपुरमा दुई वटा मालपोत कार्यालय छन् । त्यसमा लगनखेल र गोटीखेल मालपोत कार्यालयले संकलन गर्ने राजस्व समेत घटेको छ । लगनखेल मालपोत कार्यालयले २०७७ माघमा ६४ करोड ११ लाख ७५ हजार १८६ रुपैयाँ राजस्व संकलन गर्दा गत माघमा घटेर ५४ करोड ३६ लाख ६० हजार ६८९ रुपैयाँमा सीमित भएको छ ।
गोटीखेल मालपोत कार्यालयले २०७७ माघमा १३ लाख २२ हजार ४१४ रुपैयाँ बराबरको राजस्व संकलन गर्दा गत माघमा घटेर १० लाख ३ हजार ५६३ रुपैयाँमा सीमित भएको छ । भक्तपुर मालपोतको पनि राजस्व संकलनमा गिरावट आएको छ । यसबाट घर जग्गाको कारोबारमा कमी आएको स्पष्ट देखिएको सो कार्यालयको भनाइ छ ।
विवरणअनुसार २०७७ माघमा ४१ करोड २३ लाख ४२ हजार ९६१ रुपैयाँ राजस्व संकलन गरेको झत्तपुर मालपोत कार्यालयले गत माघमा ३४ करोड ४५ लाख ४३ हजार ९१२ रुपैयाँ मात्रै संकलन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठका अनुसार जग्गा प्रशासन सेवालाई सरल, सहज र पारदर्शी बनाउन देशभरका मालपोत कार्यालयमा भूमिसम्बन्धी सूचना तथा व्यवस्थापन प्रणालीमार्फत आधुनिक अनलाइन पद्धतिबाट सेवा प्रदान गरिएकाले राजस्व संकलन थप पारदर्शी बन्न थालेको छ ।
सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाइन प्रविधिमार्फत् जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्न सक्ने गरी हाल ७४ वटा मालपोत कार्यालयमा ‘पब्लिक एक्सेस मोडल (पाम) लागू गरिएको छ । सो प्रणालीको प्रयोग गरेर बैंक, वित्तीय संस्था र कर्मचारी सञ्चय कोषले मालपोत कार्यालयमा नगइकन नै जग्गाका रोक्का, फुकुवा गर्न सक्छन् । कर्मचारी सञ्चय कोष र मालपोत कार्यालय कलंकी र ललितपुरमा परीक्षणको रुपमा सो सेवा लागू गरिएको र अन्य कार्यालयमा समेत लागू गर्ने तयारी गरिएको छ । (रासस)






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



