राष्ट्र उत्थान लघुवित्तले बुधबारदेखि ८ करोड ५० लाखको आईपीओ निष्काशन गर्दै

-



     सफल आवाज    
     फागुन ३ गते २०७८ मा प्रकाशित


rastra utthan laghubitta


काठमाडौं, ३ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले बुधबार फागुन ४ गतेदेखि ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको जनाएको छ ।

लघुवित्तले २६ करोडको ३२.६९ प्रतिशतले हुने ८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याउन लागेको हो ।

रु १०० मूल्य अंकित दरको ८ लाख ५० हजार कित्ता आईपीओ जारि हुने भएको हो । कुल कित्ताबाट ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । १३ हजार कित्ता सेयर कर्मचारीको लागि छुटयाईएको छ । बाँकी रहने ७ लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणका लागि रहेको छ ।

संस्थाका अनुसार न्युनतम १० देखि बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सकिने भएको छ । यसका लागि सेबोनबाट अनुमति पाएका बैंक तथा वित्ती संस्थाहरु र तिनका तोकिएका शाखा र मेरो सेयर एपबाट पनि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले छिटोमा फागुन ८ गते तथा ढिलोमा फागुनको १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

केन्द्रीय कार्यालय काभ्रेमा रहेको संस्थाकाे यस आर्थिक वर्षको ६ महिनामा राम्राे आम्दानी देखिएकाे सेयरधनीहरुलाई लाभांशको प्रतिफल पनि राम्राेनै दिने संभावना रहेको छ ।

संस्थाको खुद मुनाफा ८ करोड ५ लाख रहेको छ । आर्थिक वर्ष २०८००, २०८१ मा खुद नाफा २७ करोड ५ लाख हुने भएको आकलन गरिएको छ ।