
काठमाडौं, ३ फागुन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्ने र लगानीको पनि सुनिश्चतता हुने भन्दै ‘नेपाल लाइफ आइइन्स्योर’ सार्वजनिक गरेकाे हो ।
इन्स्योरेन्सले नयाँ सार्वजनिक गरेको बिमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बिमा योजना भएको जनाएको छ । ‘१८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मको बिमा अवधि लिन सकिने आइइन्स्योर जीवन बिमामा बिमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ । आफ्नो आम्दानी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक र एकमुष्ठ तरिकाले बिमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएकाे छ ।
कम्पनीका अनुसार न्यूनतम बिमांक रकम १ एक लाखदेखि अधिकतम बिमांक रकम १ करोडसम्मको बिमा गर्न सकिने छ ।बिमा योजनामा वार्षिक बिमा शुल्क भुक्तानी छनौट गर्दा १ प्रतिशत छुट गरिएको छ । त्रैमासिक बिमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ३ प्रतिशत थप र मासिक बिमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ६ प्रतिशत थप शुल्क लाग्ने कम्पनीले जनाएको छ । अर्धवार्षिकमा भने शुल्क नलाग्ने बताइएकाे छ ।
२५ लाखसम्मको बिमांकमा छुटको व्यवस्था गरिएको छैन भने २५ लाखभन्दा माथि बिमांकको बिमा शुल्कमा १ प्रतिशत छुटको व्यवस्था गरिएको छ । वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तानी गर्नुको साथै बिमा सुरु भएको मितिबाट ३ वर्ष पूरा भएपश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । तर, यस जीवन बिमा योजनामा कर्जा सुविधा उपलब्ध नभएको कम्पनीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएमा १८ वर्षदेखिका बिमितले अतिरिक्त बिमाशुल्क तिरेर बिमांक रकम बराबर अधिकतम १ करोड रुपैयाँसम्मको ऐच्छिक सुविधा लिन सक्ने बताइएको छ । बिमालेख चालू रहे बिमा अवधि भुक्तानीपश्चात् बिमित जीवित रहेमा बिमितले भुक्तानी गरेको बिमा शुल्क बराबरको रकम (ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक) बिमितलाई फिर्ता दिइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार बिमालेख चालू भएको १ वर्षभित्र दुर्घटनाबाहेक अन्य जुनसुकै कारणबाट (बिमालेखअन्तर्गत नपर्ने जोखिमहरुबाहेक) बिमितको मृत्यु भएमा बिमितले भुक्तानी गरेको बिमा शुल्क रकम मात्र फिर्ता दिइने छ । बिमालेख चालू भएको १ वर्षभित्र दुर्घटनाको कारणबाट (बिमालेखअन्तर्गत नपर्ने जोखिमहरुबाहेक) बिमितको मृत्यु भएमा बिमांक रकम भुक्तानी दिइने छ ।
बिमालेख चालू भएको १ वर्षपछि बिमा अवधिभित्र जुनसुकै कारणबाट (बिमालेखअन्तर्गत नपर्ने जोखिमहरुबाहेक) बिमितको मृत्यु भएमा बिमांक रकम भुक्तानी दिइने कम्पनीले जनाएको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




