
काठमाडौं, ४ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेकाे ८ लाख ५० हजार कित्ता आईपीओकाे लागि आजदेखि आवेदन खुल्ला भएकाे छ ।
लघुवित्तले २६ करोडको ३२.६९ प्रतिशतले हुने ८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएकाे हो । रु १०० मूल्य अंकित दरको ८ लाख ५० हजार कित्ता आईपीओ जारि हुने भएको हो ।
कुल कित्ताबाट ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । १३ हजार कित्ता सेयर कर्मचारीको लागि छुट्याईएको छ । बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणका लागि रहेको छ ।
संस्थाका अनुसार न्युनतम १० देखि बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सकिने भएको छ । यसका लागि सेबोनबाट अनुमति पाएका बैंक तथा वित्ती संस्थाहरु र तिनका तोकिएका शाखा र मेरो सेयर एपबाट पनि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले छिटोमा फागुन ८ गते तथा ढिलोमा फागुनको १८ गतेसम्म आवेदन दिन सक्नेछन् । केन्द्रीय कार्यालय काभ्रेमा रहेको संस्थाकाे यस आर्थिक वर्षको ६ महिनामा राम्राे आम्दानी देखिएकाेले आगामी वर्ष सेयरधनीहरुलाई लाभांशको प्रतिफल पनि राम्राेनै दिने संभावना रहेको छ ।
संस्थाको खुद मुनाफा ८ करोड ५ लाख रहेको छ । आर्थिक वर्ष २०८००, २०८१ मा खुद नाफा २७ करोड ५ लाख हुने आकलन गरिएको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




