नेष्डो समृद्ध लघुवित्तको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन हुँदै

-



     सफल आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ । संस्थाले ८ लाख २८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो ।

संस्थाले बिक्रीमा ल्याउने कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरबाट १२ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि रहेको छ । ४१ हजार कित्ता ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहने ७ लाख ७४ हजार ५६३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले चाँडोमा फागुन १५ तथा ढीलोमा फागुन २५ गतेसम्म आवेदन सक्नेछन् । उनीहरुले कममा १० कित्ता र बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

संस्थाको हाल कायम भएको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ । सेयर बिक्रीपछि चुक्ता पूँजी २५ करोड ५० लाख पुग्ने भएको छ ।

लगानीकर्ताले सिआस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।