आज विदेशी मुद्राको विनिमयदर कति ?

-



     सफल आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ फागुन । बुधबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विनिमयदरअनुसार आज अमेरिकी डलर १ को खरिददर १२०.२४ रुपैयाँ र विक्रिदर १२०.८४ रुपैयाँ कायम गरिएको छ ।

युरोपियन युरोको आज १ को खरिददर १३६.४५ रुपैयाँ र विक्रिदर १३७.१३ रुपैयाँ कायम गरिएको छ भने युके पाउन्ड स्टलिङको १ को खरिददर १६२.९५ रुपैयाँ र विक्रिदर १६३.७६ रुपैयाँ कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर १ को खरिददर ८५.८२ रुपैयाँ र विक्रिदर ८६.२५ रुपैयाँ कायम गरिएको छ भने क्यानडियन डलरको १ को खरिददर ९४.६१ रुपैयाँ र विक्रिदर ९५.०५ रुपैयाँमा किनबेच भइरहेको छ । सिंगापुर डलर आज १ को खरिददर ८९.३४ रुपैयाँ र विक्रिदर ८९.७९ रुपैयाँ कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज जापानीज यनको १० को खरिददर १०.४० रुपैयाँ र विक्रिदर १०.४५ रुपैयाँ कायम गरिएको छ भने चाइनीज युआनको १ को खरिददर १८.९३ रुपैयाँ र विक्रिदर १९.०३ रुपैयाँ कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।