एमसीसीको विपक्षमा माओवादी, जबरजस्ती अघि बढाए विपक्षमा मतदान गर्ने निर्णय

-



     सफल आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ फागुन । नेकपा (माओवादी केन्द्र)ले एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने जनाएको छ ।

सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेपछि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी अगाडि बढाउन र पास गर्न नसकिने निर्णय गरेको हो ।

माओवादी प्रमुख सचेतक देव गुरुङले एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन नसकिने बताए । उनका अनुसार सरकारले जबरजस्ती रुपमा ल्याए विपक्षमा मतदान गर्ने माओवादीले निर्णय गरेको छ ।

माओवादीले संसदमा एमालेको अवरोध कायमै रहेको भन्दै माओवादीले यो अवस्थामा कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने बताएको हो ।