एमसीसीबारे छलफल गर्न भोलि सत्तारुढ गठबन्धनको बैठक बस्ने

-



     सफल आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ फागुन । एमसीसीबारे छलफल गर्न भोलि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा टेवल नहुने निर्णय गरेपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा भोलि गठबन्धनको बैठक बोलाउने सहमति भएको हो ।

बुधबार बिहान बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने र जवरजस्ती पेश गर्न खोजे सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।