
मुम्बई, ४ फागुन । दिग्गज गायक–संगीतकार बप्पी लाहिरी मंगलबार राति निधन भएको छ । प्रयाख्त अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले उनको निधनमा ट्विटरमर्फत शोक व्यक्त गरेकी छन् । मंगलबार राति ११ः४५ मा निधन भएका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरीप्रति राजनीतिक क्षेत्रका नेताहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बप्पी लाहिरीलाई बप्पी दा भनेर चिनिन्थ्यो । उनी डिस्को संगीतको लागि प्रख्यात थिए । बप्पी लाहिरीको ६९ वर्षको उमेरमा हिजो राति मुम्बईको एक अस्पतालमा निधन भएको थियो । पश्चिम बंगालका गभर्नर जगदीप धनखरले बप्पी दाको मनमोहक सांगीतिक रचनाहरू सबैले मन पराएका बताए ।
“दुःखको खबर–प्रसिद्ध संगीतकार बप्पी लाहिरीजी अब रहनु भएन । पश्चिम बंगालको जलपाईगुडीमा जन्मेका बप्पी दाको सङ्गीतले सम्पूर्ण फ्यानहरूलाई छक्क पारेको थियो । उनलाई सबै उमेरका मानिसहरूले मन पराउने मंत्रमुग्ध सांगीतिक रचनाहरूको लागि सम्झिरहनेछ ।
परिवारजनमा समवेदना र ओम शान्ति ओम,“ उनले ट्वीट गरेका छन्। विभिन्न स्वास्थ्य समस्याका कारण एक महिनादेखि अस्पतालमा भर्ना भएका बप्पी दाको ‘स्लीप एपनिया’ का कारण उनको निधन भएको बताइएको छ । ‘डिस्को किङ’ बप्पी दाको बिहीबार अन्त्येष्टि गरिने जनाइएको छ ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




