स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ फागुन । स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बुधबार बैंकको १० प्रतिशतले हुन आउने ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकको सेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर किनबेच गर्न पाउनेछन् । मंगलबार ४ कम्पनीको गरि कुल २ करोड ३४ लाख ३७ हजार १४८.८५१ कित्ता बोनस सेयर सूचीकृत भएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६११ प्रतिशतले हुन आउने २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता बोनस सेयर, मेरो माइक्रोफाइनान्सको २० प्रतिशतले हुन आउने २० लाख कित्ता, महिला लघुवित्तको ४७.५ प्रतिशतले हुन आउने ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्तको १९ प्रतिशतले हुन आउने ४ लाख ६० हजार ३०.६२१ कित्ता बोनस सेयर सूचीकृत भएको थियो ।