
काठमाडौं, ५ फागुन । आइएमई जनरल इन्स्योरेन्सले फागुन २२ गतेबाट हकप्रद सेयर जारि गर्ने भएकाे छ । कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ४ कित्ता सेयरको रेसियोमा सेयर जारि गर्न लागेको हो ।
इन्स्योरेन्सले रुपैयाँ १०० मूल्य अंकित दरको ४६ करोड तीस लाख चौतिस हजार ४०० रुपैयाँ बराबरको ४६ लाख तीस हजार तीनसय ४४ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउन लागेको हो ।
कम्पनीमा आइएमई समूको लगानी रहेको छ । अहिले निष्काशन गर्न लागिएको हकप्रद सेयर हाल कायम भएको ४० प्रतिशतको दरले रहेको छ ।
सेयरधनीहरुले सेयरमा फागुन २२ गतेदेखि चैत्रको १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यसका लागि माघ २८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।
कम्पनीको १ अर्ब १५ करोड ७५ लाख ८६ हजार चुक्ता पूँजी रहेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




