
काठमाडौं, ५ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छपावाला सुन तोलामा एकैदिन १००० रुपैयाँले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुनमा यसदिन रुपैयाँ १००० ले बृद्धि भएर तोलाको ९६ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यसअघि बुधबार छपावाला सुनको भाउ तोलाको ९५ हजार १०० रुपैयाँ कायम गरिएको थियो ।
तेजाबी सुन तोलाको ९५ हजार ६०० रुपैयाँ कायम गरिएको छ । बुधबार तेजाबी सुनको भाउ तोलाको ९४ हजार ६०० तोकिएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १० ले बृद्धि भई तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी ताेलाकाे १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




