घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

-



     सफल आवाज    
     फागुन ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ फागुन । आज अमेरिकी डलरको भाउ घटेको छ । बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ ४० पैसाले घटेको हो ।

बुधबार अमेरिकी डलर १ को खरिददर १२०.२४ रुपैयाँ र विक्रिदर १२०.८४ रुपैयाँ कायम गरिएको थियो भने आज बिहीबार १ अमेरिकी डलरको भाउ ११९.८२ रुपैयाँ खरिददर र १२०.४२ रुपैयाँ विक्रिदर कायम गरिरएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको भाउ पनि घटेको छ । बुधबार १ को खरिददर १३६.४५ रुपैयाँ र विक्रिदर १३७.१३ रुपैयाँमा भएको कारोबार आज १ को खरिददर १३६.३७ रुपैयाँ र विक्रिदर १३७.०५ कायम गरिएको छ ।

युके पाउन्ड स्टलिङको १ को खरिददर आज १६२.४९ रुपैयाँ खरिददर र १६३.३१ रुपैयाँ विक्रिदर कायम भएको छ । बुधबार युके पाउण्डका १ को खरिददर १६२.९५ रुपैयाँ र विक्रिदर १६३.७६ रुपैयाँ कायम थियो । राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर भाउ पनि घटेको छ । बुधबार १ को खरिददर ८५.८२ रुपैयाँ र विक्रिदर ८६.२५ रुपैयाँ कायम थियो भने आज १ खरिददर ८५.९३ रुपैयाँ र ८६.३७ रुपैयाँ विक्रिदर कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बुधबारको तुलनामा क्यानडियन डलरको भाउसमेत घटेको छ । बुधबार १ को खरिददर ९४.६१ रुपैयाँ र विक्रिदर ९५.०५ रुपैयाँमा थियो भने आज १ को खरिददर ९४.४९ र ९४.९६ रुपैयाँ विक्रिदर कायम गरिएको छ ।