प्रि-ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, ९ लाख ६२ हजारको कारोबार

-



     सफल आवाज    
     फागुन ५ गते २०७८ मा प्रकाशित



साताको अन्तिम दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । साताको चौथो कारोबार दोहोरो अंकले घटेको सेयर बजार आज भने प्रि-ओपन सेसनमै झिनो अंकले बढेको छ ।

सो सेसनमा सेयर कारोबार मापक नेप्से परिसूचक ०.८८ अंकले बढेर २ हजार ७३५.३२ बिन्दुमा प्रवेश गरेको छ भने सेन्सेटिभ इन्डेक्स ०.०९ अंकले बढेर ५१८.७४ बिन्दुमा प्रवेश गरेको हो ।

नेप्सेका अनुसार सो सेसनमा १४ कम्पनीको १ हजार ६४३ कम्पनीको सेयर ९ लाख ६२ हजार ७९२ रुपैयाँमा किनबेच भएको छ ।

मंगलबार ५३ अंकले बढेर २ हजार ७५४ बिन्दुमा प्रवेश गरेको नेप्से बुधबार पुनः १९ अंकले घटेको थियो । नेप्से सूचक १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा झरेको नेप्से आज झिनो अंकले उकालो लागेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार निर्जीवन बिमा र अन्य समूह अन्तर्गतको उपसूचकबाहेक बाँकी सबै उपसूचक राताम्य भएका थिए ।