७ महिनामा १२ अर्ब रुपैयाँ राजस्व संकलन

-



     सफल आवाज    
     फागुन ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ फागुन । नवलपरासी (बर्दघाट-सुस्तापूर्व), ५ फागुन । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)स्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको ७ महिनामा १२ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत साउनदेखि माघ मसान्तसम्म १२ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ३१ करोड कम राजस्व संकलन भएको उक्त कार्यालयले जनाएको हो । सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा ११ अर्ब ७५ करोड ७२ लाख रुपैयाँ संकलन भएको छ । जसमा १२ अर्ब ५५ करोड ६ लाख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिइएको प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए ।

आयकरमा ३० करोड ७७ लाख ९७ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट) मा १७ करोड २७ लाख ९० हजार रुपैयाँ, ब्याजमा ३ करोड १४ लाख २० हजार रुपैयाँ, स्वास्थ्य सेवामा १ करोड ८३ लाख ७० हजार रुपैयाँ र घरबहाल करमा ८२ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको उनको भनाइ थियो । कार्यालयले लक्ष्यअनुसारको राजस्व असुली गर्नका लागि करदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि लैजाने तयारी गरिरहेको प्रमुख कर अधिकृत अर्यालले बताए ।