एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा डा‍‍. कट्टेल नियुक्त

-



     सफल आवाज    
     फागुन ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ फागुन । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले डा. कट्टेललाई सीईओमा नियुक्त गरेको हो ।

समितिले कट्टेललाई चैत २९ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल आगामी ४ वर्षसम्मका लागि हुनेछ । यसअघि दिनेशकुमार पोखरेलको पदावधी सकिएपछि बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लेखराज कार्कीले सम्हाल्दै आएका थिए ।