तीन कम्पनीको २ करोड ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     फागुन ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ फागुन । आज तीन कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । शाइन रेसुंगा पमेण्ट बैंक, नेपाल इन्फ्रास्ट्र्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिभिल बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

शाइन रेसुंगा डेभलपमेण्ट बैंकको ३७ लाख २५ हजार ४५१.०५ कित्ता बोनस सेयर, निफ्राको १ करोड ६० लाख कित्ता र सिभिल बैंकको ४३ लाख २१ हजार ८३०.४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अव यो बोनस सेयर सम्बन्धित सेयधनीको हितग्राही खातामा आएपछि खरिद विक्री गर्न सक्नेछन् ।