
पोखरा, ७ फागुन । सन् २०२१ मा गण्डकी प्रदेशका ११ जिल्लामा ५ सय १३ जना मानवअधिकार उल्लंघन र ज्यादतीका घटना भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२२ को सार्वजनिकीकरण कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले प्रदेशमा राज्य पक्षबाट ४९ जना र गैरराज्य पक्षबाट ४ सय ६४ जना मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट पीडित बनेको बताए । जसमा राज्य पक्षबाट १ महिला र ४८ जना पुरुष तथा गैरराज्य पक्षबाट ४ सय ३४ महिला र ३० जना पुरुष पीडित बनेका छन् ।
इन्सेकद्धारा प्रकाशित मानवअधिकार वर्ष पुस्तकको अभिलेख अनुसार राज्यपक्षबाट सबैभन्दा बढी पोखरा महानगरपालिकामा ९१ जना पीडित बनेका छन् । प्रदेशभर बालअधिकार उल्लंघनका घटनामा १ सय ५ बालिका र ५ जना बालक, महिला अधिकार उल्लंघन घटनामा ३ सय १०, जातीय विभेदमा ४ जना, हत्या २६ जना, कुटपिट ७ जना, धम्की ३ जना, अमानविय व्यवहार ३ जना र गिफ्तारीका घटनामा ६ जना पीडित बनेको तथ्यांक इन्सेकले अभिलेख गरेको छ । अघिल्लो वर्ष सन् २०२० मा राज्य पक्ष र गैरराज्य पक्षबाट गरी ३ सय ८५ जना पीडित बनेको इन्सेकले अभिलेख गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत पोखराका का.मु.मुख्य न्यायाधिश डिल्लीराज आचार्यले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तक नेपालको समग्र मानवअधिकारको अवस्थाको ऐना भएको बताए । लोकतन्त्र जनजनको जिवनमा आउन सकेन भने लोकतन्त्र निर्वाचनतन्त्रमा मात्रै सिमित हुने उनको भनाई थियो । इन्सेकले मानवअधिकारको सवालमा खवरदारी गर्दै राम्रो कामको प्रशंसा गर्ने विषयमा पनि काम गर्नुपर्ने बताए
मानवअधिकारको विषय राष्ट्रिय मात्रै नभई अन्तराष्ट्रिय विषय रहेको बताउँदै उनले इन्सेकले ती सवालहरुलाई पनि उठाउन आवश्यक रहेकोमा जोड दिए । कोभिड १९ को खोप लगाउने सवालमा समानता, स्वतन्त्रता र साइबर क्राइमको विषय र दिगो बिकासका लक्ष्यका अहिलेको मानवअधिकारको मुख्य सवाल रहेको उनको भनाई थियो ।
भ्रष्टाचारलाई मानवअधिकारको नजरबाट हेरेर अध्ययन गर्नुपर्ने उनले बताए । न्याय न्यायाधिशले टपक्क टिपेर दिने सुन्दर फुल मात्रै नभएको उनको भनाई थियो । समयमा अनुसन्धान नहुने, समाजले अनुसन्धानलाई सहयोग गर्ने सबैको सकरात्मक र समान भुमिका रहने उनले बताए । न्यायाधिशले गरेका गलत काममा प्रमाणका आधारमा सवाल उठाउन आग्रह गर्दै रे का भरमा मात्रै आवाज नउठाउन आग्रह गरे ।
मानव अधिकार एलायन्सका केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनबहादुर शाहीले न्यायालयविनाको मानव अधिकारको परिकल्पना गर्न नसकिने बताए । पीडित न्याय माग्न जाने न्यायलय भित्रै न्यायको माग गर्दै आन्दोलन हुनु दुर्भाग्य रहेको बताउँदै न्यायालयलाई बलियो र स्वतन्त्र बनाउन सबैको भुमिका महत्वपूर्ण रहने उनको भनाई थियो । सम्मानीत सर्वोच्च अदालतले राजनीतिक क्षेत्रमा प्रवेश गरे लगत्तै मुलुकमा अस्थिरता बढ्ने गरेको उनले बताए ।
राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत मोहन काफ्लेले द्धन्दकालिन घटनाका सवालमा मानवअधिकार वर्ष पुस्तक निकै प्रभावकारी रहेको बताए । नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले मानव अधिकार वर्ष पुस्तकमा नेपालको मानव अधिकारको अवस्थाबारे चित्रण गरिएको बताए । हरेक कानुन व्यबसायीका लागी मानव अधिकार वर्ष पुस्तक निकै उपयोगी रहेको बताउँदै राज्य तबरबाट अभिलेख हुन नसकेको तथ्यांक इन्सेकले विगत तीस वर्षदेखी निरन्तर गर्दै आएकोमा धन्यवाद व्यक्त गरे ।
मानव अधिकारको दृष्टिकोण राजनीतिक कोणबाट मात्रै नभई आर्थिक सामाजिक र सांस्कृतिक अधिकार तर्फको बहसलाई अझ प्रभावकारी रुपमा उठानको जरुरी रहेको उनको भनाई थियो ।
गैरसरकारी संस्था महासंघ केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदीले राजनीतिक अधिकार प्राप्तीसंगै अब आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सवालमा सरकारी र गैरसरकारी संस्था लाग्नुपर्ने बताए । न्यायलयबाट सम्पादन भएका मुद्धा कार्यन्वयनको पक्ष फितालो रहेको भन्दै राज्य गम्भीर बन्नुपर्ने उनको भनाई थियो । उनले नागरिक संस्थाहरु राज्यलाई जिम्मेवार बनाउन लाग्नुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरीक्षक दिपक केसीले संविधानले दिएको अधिकारलाई पालना गर्दै आफ्नो कर्तव्य निर्वाह गर्दै आइरहेको बताए । उनले सुरक्षा गृहको अभावका कारण हिंसामा परेका महिलालाई सुरक्षा दिने सवालमा कठिनाई हुने गरेको बताए ।
मानव अधिकार रक्षक सञ्जाल गण्डकी अध्यक्ष इन्दिरा पौडेलले मानवअधिकारको प्रर्वद्धन र संरक्षणका इन्सेकको भुमिका महत्वपूर्ण रहेको बताइन् । सरकार र गैरसरकारी संस्थाहरुबिचको समन्वयलाई अझ प्रभावकारी बनाउन सकेका मानवअधिकार उल्लंघनका घटनामा कमी आउने उनले विश्वास व्यक्त गरिन् ।
महिला मानवअधिकार रक्षक संजाल कास्की अध्यक्ष इन्द्र कुमारी शर्माले सबैले आफ्नो अधिकार र कर्तव्यलाई मनन गर्न सक्ने हो भने मानवअधिकारका घटना कमि आउने बताइन् । कार्यक्रममा गण्डकी प्रदेशमा उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईलाई नगद ७ हजार सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रमकाे अध्यक्षता इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले गरेका थिए भने संचालन कार्यक्रम अधिकृत सवनम शर्माले गरेकी थिइन ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



