जीवन विकास लघुवित्तकाे ७३.६८ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

-



     सफल आवाज    
     फागुन ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ फागुन । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट नगद र बोनस सेयर गरी ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशत अर्थात् ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत अर्थात् २ करोड २४ लाख १४ हजार ७३६.८४ रुपैयाँ नगद सेयर वितरण गर्ने घोषणा गरेको छ ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरुले प्राप्त गर्नेछन् ।