भारतमा एकै दिन थपिए १६ हजार कोरोना संक्रमित

-



     सफल आवाज    
     फागुन ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ फागुन । भारतमा एकै १६ हजार ५१ जनामा कोरोना संक्रमण देखिएको छ । यसैसँगै भारतमा कोरोना संक्रमण सुरु भएयता हालसम्म ४ करोड २८ लाख ३८ हजार ५२४ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा संक्रमणमुक्त भएकाको संख्या भने ३७ हजार ९०१ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड २१ लाख २४ हजार ९८४ जना संक्रमणमुक्त भएका छन्