
काठमाडौं, ८ फागुन । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार आएको छ । पहिलो दिन आइतबार ३९.४ अंकले घटेको नेप्से आज भने २५ अंकले बढेको हो ।
सेयर कारोबार मापक नेप्से परिसूचक २५.४१ अंकले बढेर २ हजार ७१८.५१ अंकमा पुगेको हो । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.१५ अंकले बढेको छ ।
आज नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । आइतबार ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकोमा सोमबार भने ३ अर्बसमेत पुगेन । आज दिनभर भएका ४० हजार ८६९ कारोबारबाट २२४ कम्पनीका ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम भने २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ मात्रै भएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै उपसमूहहरु आज उकालो लागेका छन् । युनाइटेड आइडीआइ मार्दी आरबी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । साे कम्पनीकाे सेयर १० प्रतिशतले बढेकाे हाे ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




