
काठमाडौं, ९ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार गुडविल फाइनान्स कम्पनी र नेपाल बैंकको बोनस सेयरबाफतको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेका अनुुसार गुडविल फाइनान्सको ९.१ प्रतिशत बोनस बापतको ७ लाख ८९ हजार १५२ कित्ता सेयर सूचीकृत भएको छ भने नेपाल बैंकको १४ प्रतिशत बोनस बापतको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता सेयर सूचीकृत भएको हो ।
गुडविलले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
नेपाल बैंकले पनि गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



