
काठमाडौं, १० फागुन । साताको तेस्रो कारोबार सुरु हुनुअघि प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से सूचक १.३७ अंकले बढेर २ हजार ७१९.८८ बिन्दुमा प्रवेश गरेको हो ।
नेप्से सूचकसँगै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.०९ अंकले उकालो लागेर ५१८.८८ बिन्दुमा प्रवेश गरेको हो । सो सेसनमा २२ कम्पनीको १ हजार ७३७ कित्ता सेयर ७ लाख ८९ हजार ९९१ रुपैयाँमा किनबेच भएको छ ।
साताको दोस्रो दिन सोमबार नेप्से उकालो लागे पनि कारोबार रकम भने घटेको थियो । आइतबार ३९.४ अंकले घटेको नेप्से सोमबार २५ अंकले बढेको थियो । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.१५ अंकले बढेको थियो ।
आइतबार ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदा सोमबार भने २ अर्ब ९९ करोड रुपैयाँको मात्रै कारोबार भएको नेप्सेले जनाएको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




