
काठमाडौं, १० फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

अघिल्लो दिन रुपैयाँ ४०० ले घटेर कारोबार भएको छापावाला सुनमा यसदिन रुपैयाँ ८०० रुपैयाँले बढेर कारोबार भईरहेको छ । चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रूपैयाँ ८०० ले बृद्धि भएर तोलाको रुपैयाँ ९७ हजार पुगेको छ । यसअघि सोमबार छापावाला सुनको भाउ तोलाको ९६ हजार दुइसय रुपैयाँ तोकिएको थियो ।
तेजाबी सुन तोलाको ९६ हजार ५०० रुपैयाँ पुगेको छ । सोमबार तेजाबी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण गरिएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बृद्धि भई तोलाको १ हजार तीनसय १५ मा कारोबार भइरहेको छ । सोमबार चाँदीको भाउ तोलाको १ हजार तीन सय रुपैयाँ तोकिएको थियो ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




