
पोखरा, १० फागुन । पोखरामा आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका अनुसार बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन् । वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको महानगरपालिकाले जनाएको छ ।
असिनाकै कारण पोखरा महानगरपालिका-११ मा उदय अर्गानिक कृषि फार्मका २ वटा भैँसी मरेका छन् । फार्ममा टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेको कारण भैँसी मरेका महानगरपालिकाले जनाएको छ । तरकारीका टनेलहरुसमेत भत्किएका छन् ।
कृषि तथा पशु विकास महाशाखाका अनुसार पोखरा वडा-११ मा गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ । ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टनेलसहित भाँचिदा पूर्ण रुपमा क्षति भइ २० लाख बराबरको क्षति पुगेको बताइएको छ ।
आइतबार दिउँसो भीषण असिनापानीले पोखराको सडक केही समय अवरुद्धसमेत भएको थियो भने तरकारी, फलफूल तथा बालीनालीमा व्यापक क्षति भएको महानगरपालिकाले जनाएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



