
काठमाडौं, १० फागुन । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब नाघेको छ । १२ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँको वैदेशिक व्यापार हुँदा १० खर्बभन्दा बढीको घाटा भएको हो ।
भन्सार विभागका अनुसार यस अवधीमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको आयातको तुलनामा भने चालू आवको सोही अवधीमा ४२.७८ प्रतिशत बढी वस्तु आयात भएको हो । गएको पुसमा पनि अघिल्लो वर्षको तुलनामा ५१.१३ प्रतिशत आयात बढेको थियो ।
तथ्यांकअनुसार चालू आवको पहिलो ७ महिनामा मात्रै १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको नेपाली वस्तु निर्यात भएको छ भने यस अवधीमा २ खर्ब ९३ अर्ब करोड ६८ करोड ११ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
पेट्रोलियम पदार्थ १ खर्ब ८२ अर्बको आयात
चालू आवको पहिलो सातौं महिनामा नेपालले पौने २ खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । तथ्यांक अनुसार चालू आवको पहिलो ७ महिनामा १ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।
पेट्रोलियम पदार्थसँगै फलाम तथा स्टिल पनि धेरै आयात भएको छ । विभागका अनुसार यस अवधिमा ९८ अर्ब ३४ करोड रुपैयाँ बराबरको फलाम तथा स्टिल आयात भएको हो भने सवारी साधन ६९ अर्ब १५ करोड रुपैयाँ, विद्युतीय सामग्री ७६ अर्ब ५८ करोड रुपैयाँ, तरकारी जन्य वस्तु २४ अर्ब ५८ करोड रुपैयाँ, फलफुल १३ अर्ब ५९ करोड रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।
भारतसँग सबैभन्दा बढी व्यापार
नेपालले वैदेशिक व्यापारमा सबैभन्दा बढी व्यापार भारतसँग गरेको छ । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा ६ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु भारतबाट आयात भएको भन्सार विभागले जनाएको छ । यस अवधीमा नेपालबाट १ खर्ब ६ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु भारतमा निर्यात भएको छ ।
भारतसँग मात्रै नेपालको वैदेशिक व्यापार घाटा ५ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ भएको छ । भारतपछि चीनबाट १ खर्ब ६५ अर्बको वस्तु आयात हुँदा ४८ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको भन्सार विभागले जनाएको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




