नेप्से परिसूचक १७ अंकले बढ्यो, मैलुङ खोला जलविद्युतको कारोबारमा सर्किट

-



     सफल आवाज    
     फागुन १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० फागुन । साताको तेस्रो कारोबार मंगलबार नेप्से सूचक १७ अंकले बढेको छ । सोमबारदेखि उकालो लागेको नेप्से आज पनि सेयर बजारमा हरियाली देखिएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक १७.४२ अंकले बढेर २ हजार ७३५.९३ अंकमा प्रवेश गरेको छ । नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.८४ प्रतिशतले बढेको छ । सेन्सेटिभ इन्डेक्स ४.३६ अंकले बढेर ५२३.१५ बिन्दुमा प्रवेश गरेको छ ।

मंगलबार २२८ कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता सेयर ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँमा किनबेच भएको छ । सोमबारको तुलनामा भने आज कारोबार रकम बढेको छ । सोमबार २ अर्ब ९९ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये लगानी र उत्पादनमूलक उपसमूहबाहेक सबै समूहहरु उकालो लागेका छन् । लगानी समूह ०.१५ अंकले घटेको छ भने उत्पादनमुलक समूह १८.७१ ले घटेको छ । बैंकिङ ८.३२, विकास बैंक ७०.०५, वित्त ४३.९१, होटल तथा पर्यटन ४.७५, जलविद्युत २७.५६, जीवन बिमा ७.०८, लघुवित्त १५.८१, सामुहिक लगानी कोष ०.०६, निर्जीवन बिमा १२८.०२, अन्य ४६.९२ र व्यापार समूह १३.६४ अंकले बढेको हो ।

आज मैलुङ खोला जलविद्युतको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ भने युनाइटेड आइडीआइ मार्दी आरबी जलविद्युतको कारोबार सकारात्मक सर्किटको लेभलमा कारोबार भएको छ ।