४ कम्पनीको ३ करोड ९० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     फागुन १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० फागुन । मंगलबार ४ कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । प्रभु बैंक, ग्लोबल आइएमई बैंक, बुटवल पावर कम्पनी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार प्रभु बैंकको १२ प्रतिशत बोनस सेयरबाफतको १ करोड ३६ लाख १६ हजार ३६८.७६ कित्ता सेयर सूचीकृत भएको हो भने ग्लोबल आइएमई बैंकको १० प्रतिशत बोनस सेयरबाफत २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता सेयर सूचीकृत भएको हो ।

वुटवल पावर कम्पनीको १० प्रतिशत बोनस सेयर वाफतको २९ लाख ४९ हजार ६६३ कित्ता सेयर र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बाफतको ८ लाख ७६ हजार ८१२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।