
काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको नयाँ विनिमयदर कायम गरेको छ । नयाँ विनिमयदरअनुसार आज मंगलबारको तुलनामा बुधबार विदेशी मुद्राको मूल्य बढेको छ ।
मंगलबार ११८ रुपैयाँमा झरेको मुद्राको मूल्य आज बुधबार एकको खरिददर ११९.५१ र बिक्रीदर १२०.११ रुपैयाँ कायम गरिएको छ । युरोपियन युरोको एकको खरिददर १३५.५० रुपैयाँ र बिक्रीदर १३६.१८ रुपैयाँ कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आज अष्ट्रेलियन डलरको एकको खरिददर ८६.२६ र बिक्रीदर ८६.७० रुपैयाँ कायम गरिएको छ भने क्यानडियन डलरको एकको खरिददर ९३.८५ र बिक्रीदर ९४.३३ रुपैयाँ कायम भएको छ । सिंगापुर डलरको आज एकको खरिददर ८८.७९ र बिक्रीदर ८९.२४ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार आज जापानीज यनको १० को खरिददर १०.४१ र बिक्रीदर १०.४६ रुपैयाँ कायम गरिएको छ भने चाइनीज युआनको एकको खरिददर १८.८७ र बिक्रीदर १८.९६ रुपैयाँ तोकिएको छ । आज दक्षिण कोरियन वनको १०० को १०.०१ खरिददर छ भने १०.०६ रुपैयाँ बिक्रीदर कायम भएको छ ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




