युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन सरकारको आग्रह

-



     सफल आवाज    
     फागुन ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ फागुन । परराष्ट्र मन्त्रालयले युक्रेन भ्रमण स्थगित गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत् अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरेको छ ।

युक्रेनको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गर्दै हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको छ । युक्रेनमा हाल ३८ नेपाली रहेको जानकारी आएको नेपाली राजदूतावास बर्लिनलाई उद्धृत गर्दै मन्त्रालयले जनाएको छ ।

युक्रेनमा रहेका नेपाली नागरिकहरूले आवश्यक परेमा नेपाली राजदूतावास बर्लिनलाई सम्पर्क गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।