बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद फागुन १९ गतेसम्म थप

-



     सफल आवाज    
     फागुन १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ फागुन । बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप भएपछि लगानीकर्ताले फागुन १९ गतेसम्म आवेदन दिन सक्ने भएका छन ।

कम्पनीले माघ २७ गतेबाट प्रतिसेयर १०० रुपैयाँ अंकित दरको १८ लाख सत्ताइस हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको थियाे।

कुल सेयरमध्ये १० लाख ९६ हजार ७ सय बयासी कित्ता सेयर आयोजना प्रभावित सिन्धुपाल्चोको जुगल गाउँपालिका वडा नं २, ३, ४ का स्थानियका लागि रहेको छ । बाँकी रहेको ७ लाख एकतीस हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं ५ र ७, कलेफी गाउँपालिकाका वडा नं १, ३, ६, ७ तथा सुनकोशी गाउँपालिकाको वडा नं ७ का स्थानियका लागि रहेको छ ।

आईपीओमा आवेदन दिन कुमारी बैंकको जलवीरे शाखा, एनसिसि बैंक बाँडे, ग्लोबल आइएमई बैंक चौतारा, लक्ष्मी बैंक र खाडीचौरको शाखा कार्यालयबाट सकिनेछ ।

आईपीओमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० तथा बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।