पुग्याे छापावाल सुनकाे भाउ ताेलाकाे १ लाख नजिक

-



     सफल आवाज    
     फागुन १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन बिहिबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । छापावाला सुनको भाउ तोलामा एकैदिन २ हजार ५०० ले बृद्धि भई ताेलाकाे १ लाख नजिक ९९ हजार पुगेको छ । चाँदी तोलामा रुपैयाँ ३५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा एकैदिन रुपैयाँ दुई हजार ५०० ले बृद्धि भई तोलाको ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाला सुनको भाउ तोलाको ९६ हजार ५०० रुपैयाँँ तोकिएको थियो ।

तेजाबी सुन तोलाको ९८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी तोलामा पैतिस रुपैयाँले बृद्धि भई तोलाको १ हजार ३५५ रूपैयाँ पुगेको छ । बुधबार चाँदी तोलाको भाउ प्रतितोला १ हजार ३२० तोकिएको थियो ।