
काठमाडौं, १२ फागुन । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपीओ बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले आज दिउँसो ३ बजे क्यापिटल सेयर बाँडफाँट गर्न लागेको हो ।
कम्पनीको आइपीओमा माग भन्दा ३८ गुणा बढीको आवेदन परेको छ । आइपीओमा आवेदन दिने अन्तिम दिन गत आइतबार साँझ ५ बजेसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ करोड ४ लाख ३१ हजार ३७० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएभन्दा ३८.३० गुणा बढी हो ।
कम्पनीको आइपीओ गोलाप्रथाबाट ७९ हजार ४५० जनाले १० कित्ताको दरले पाउने छन् । यस हिसाबमा आवेदन दिएकामध्ये २५ लाख ४६ हजार जना आवेदकको हात खाली हुनेछ ।
कम्पनीले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो । सेयर निष्काशन गरेको ८ लाख ५० हजार कित्ताबाट ०.५ प्रतिशत अर्थात् १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि, ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोष र ७ लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



