एमसीसीमा सहमतिको प्रयास जारी भन्दै संसद बैठक स्थगित

-



     सफल आवाज    
     फागुन १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ फागुन । आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा शुक्रबार १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी) माथि छलफल हुने कार्यसूची रहेको थियो । शीर्ष नेताहरुबीच एमसीसीका सन्दर्भमा सहमति जुटाउने प्रयास जारी रहेको भन्दै सरकारको आग्रहमा सभामुख अग्नि सापकोटाले संसद बैठक स्थगित गरेका हुन् ।

बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच एमसीसीका विषयमा छलफल भएको थियो ।