साताको अन्तिम दिन ५८ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

-



     सफल आवाज    
     फागुन १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ फागुन । साताको अन्तिम दिन बिहीबार नेप्सेमा भारी अंकले गिरावट आएको छ । नेप्से २.१७ प्रतिशतले घटेको हो ।

आज सेयर बजार कारोबार मापक नेप्से सूचक ५८.९९ अंकले ओरालो लागेको हो । कारोबार बन्द हुनसम्म नेप्से २ हजार ६६१.४४ बिन्दुमा झरेको हो । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ओरालो लागेको छ ।

आज सेन्सेटिभ इन्डेक्स १०.३६ अंकले घटेर ५०७.५८ बिन्दुमा झरेको हो । नेप्से घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ । २२९ कम्पनीको ४ लाख ९० हजार ६८९ कित्ता सेयर ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रकमको कारोबार भएको हो ।

बुधबार ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँको मात्रै कारोबार भएको थियो । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएका सबै उपसमूहहरु ओरालो लागेका छन् ।