एमडीआरडीअन्तर्गत ‘कोर्ट अफ द टेबल’मा दीपक थापा

-



     सफल आवाज    
     फागुन १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्सका दीपक थापा विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वाेच्च अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेवल (MDRT) अन्तर्गतको दोस्रो तह कोर्ट अफ द टेबलमा २ वर्ष लगातार छनौट भएका छन् ।

थापा आर्थिक वर्ष ०२०/२१ र ०२१/२२ मा लगातार २ वर्ष नेपाल लाइफ इन्स्योरेन्स कोटेश्वरबाट छनौट भएको भन्दै शाखाले सम्मान गरेको हो ।

बुधबारका कोटेश्वर शाखाले एक कार्यक्रम आयोजना गरी शाखा प्रमुख ज्ञानेन्द्रमान तुलाधरले थापालाई जीवन बिमा व्यवसायमा लगनशील भई ०२०/२१ मा १६ औं स्थान र ०२१/२२ मा ५ औं स्थानमा पुगेको भन्दै बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा कम्पनीका (वरिष्ठ सहायक) अनुजकुमार झा, (सहायक) प्रियंका कार्की, (वरिष्ठ एजेन्सी मेनेजर) गोविन्दप्रसाद भट्टराई, (एजेन्सी मेनेजर) रुपक न्यौपाने र (एजेन्सी मेनेजर) जानुका कार्कीसहितले बधाई तथा सफलताको शुभकामना दिए ।