राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

-



     सफल आवाज    
     फागुन १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ फागुन । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले आज काठमाडौंमा आइपीओ बाँडफाँट गरेको हो ।

लघुवित्तको आइपीओमा अन्तिम दिनसम्म २५ लाख ८५ हजार २६१ जना आवेदन परेको थियो । क्यापिटलका अनुसार ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो भने २५ लाख ७९ हजार ४०२ जना आवेदकको २ करोड ९३ लाख ९७ हजार ६८० कित्ता सेयर मात्रै योग्य थियो ।

आइपीओमा मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ४९ हजार ४५० जनाले मात्रै लघुवित्तको १० कित्ता सेयर पाएका छन् । बाँकी सबैको हात रित्तो भएको छ ।

लघुवित्तले हाल कायम चुक्ता पुँजीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला भएको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात् १३ हजार कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र बाँकी ७ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणले प्राप्त गरेका छन् ।

क्यापिटलका अनुसार लघुवित्तको आइपीओ नतिजा ४ तरिकाबाट हेर्न सकिन्छ । लघुवित्तको आइपीओको रिजल्ट सीडीएस एण्ड क्लियरिङको मेरो सेयरको वेवसाइट https://meroshare.cdsc.com.np/#/login, सीडीएसले आइपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेबसाइट https://iporesult.cdsc.com.np/, लघुवित्तको वेवसाइट http://www.rulbsl.com/ र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेवसाइट https://www.niblcapital.com/ बाट हेर्न हेर्न सकिने कम्पनीले जनाएको छ ।