नेस्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ फागुन । नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने आज आईतबार अन्तिम दिन रहेको छ ।

लघुवित्तले फागुन ११ गतेदेखि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कुल सेयरमध्ये १२ हजार ७५० कित्ता कर्मचारीको लागि रहेको छ । ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि रहेको छ । लगानीकर्ताले घटिमा १० देखि बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

लघुवित्तको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रूपैयाँ रहेको छ । सेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।