एकैदिन रु १४०० ले घट्यो सुनको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ अँझैं ओरालो लागेको छ । यसदिन छपावाला सुनमा रुपैयाँ १४०० तथा चाँदीको तोलामा रुपैयाँ ४० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छपावाला सुन तोलामा रुपैयाँ १४०० ले घटेर प्रतितोला ९६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भई रहेको छ । यसअघि शुक्रबार छापावाला सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन तोलाको रुपैयाँ ९६ हजार १०० मा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुनको भाउ तोलाको ९७ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रूपैयाँमा कारोबार भईरहेकोे छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।